एमाले संसदीय दलको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

एमाले संसदीय दलको बैठक आज

२०८१,१०,१५

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुनेछ। यस्तै संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे ठोस योजना बनाउने प्रमुख सचेतक बर्तौलाले बताए।

बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन्। सरकारले संसद् नबोलाएर अध्यादेश ल्याएको विषयलाई प्रतिपक्षी दलले संसदमा जोडतोडका साथ उठाउने तयारी गरिरहँदा त्यसको प्रतिवादको रणनीति पनि एमालेले बनाउनेछ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक राखेर आफ्ना सांसदलाई अध्यादेशको पक्षमा बोल्न निर्देशन दिइसकेको छ। संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ।

 

Leave a Reply