बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : सांसद चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : सांसद चौधरी

बजेट विनियोजन प्रति सत्तारुढ दलकै सांसदहरुको आपत्ति

काठमाडौं, ३१ जेठ । सत्तारुढ दलकै सांसदहरुले बजेट विनियोजनमा मन्त्रीहरुले मनोमानी गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजन विधेयकमाथिको छलफलका क्रममा सत्तारुढ दलकै सांसदहरुले बजेट विनियोजन व्यवहारीक नभएको भन्दै मन्त्रीहरुको आलोचना गरेका हुन् ।

सांसद झपट बहादुर रावलले बजेट विनियोजनमा मन्त्री र नेताहरुले दुरदृष्टी राख्न नसकेको टिप्पणी गरे । बजेट विनियोजन गर्दा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, टोल र वडा भन्दा बाहिर जान नसकेको उनको आरोप छ ।

सांसद मेटमणि चौधरीले मन्त्रीहरुले बजेटमा फिक्सिङ गरेको भन्दै म्याच फिक्सिङ गर्ने खेलाडीलाई जस्तै मन्त्रीहरुलाई पनि जेल पठाउनुपर्ने तर्क गरे । आवश्यकताको प्राथमिकता निर्धारण गर्नुभन्दा मन्त्रीहरुको मिलेमतोमा आ–आफ्नो क्षेत्रमा बढी बजेट र योजना पार्नेलाई कार्बाही गर्न माग गरे ।

सांसद गजेन्द्र बहादुर महतले अत्यन्तै उत्तम भनेर ल्याईएको बजेट २०४६ सालको संविधान जस्तो भएको टिप्पणी गरे । जुम्लामा एउटा मात्रै बजेट आएको तर नजिकैको मन्त्रीको जिल्लामा ४४ वटा योजनामा बजेट आएको भन्दै उनले मन्त्री नभएका सांसद जिल्ला फर्कने अवस्था नरहेको बताए ।

पर्यटनमन्त्री हावी भएकाले कर्णालीमय बजेट आएको उल्लेख गर्दै उनले मन्त्रायमा मन्त्री हावी र कर्मचारी हावी भएका आधारमा बजेट विनियोजन हुने गरेको टिप्पणी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);