स्वतन्त्र उम्मेदवारलाई जिताउन कार्यकर्तालाई माओवादीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सल्यान, २९ कार्तिक । बाम गठबन्धनमा रहेको माओवादी केन्द्र सल्यानले जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ। माओवादी केन्द्रका सल्यान जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला कमिटीले अगाडि सारेका उम्मेदवारीलाई स्वीकृत गर्न पार्टी केन्द्रलाई आग्रह समेत गरेका छन्।

गठबन्धनको तर्फबाट उम्मेदवारी बाँडफाँड अन्यायपूर्ण र जिल्लाका इमान्दार कार्यकर्ताहरुको घाँटी निमोठ्ने खालको भएका कारण आफूहरुले विद्रोही उम्मेदवार अगाडि सारेको विज्ञप्तिमा उल्लेख गरेका छन्। जिल्ला पार्टीमाथि भएको अन्यायविरुद्ध लड्न केन्द्रीय सचिवालय सदस्य टेकबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिन निर्देशन दिएको र सोहीअनुसार जिल्ला पार्टीले उम्मेदवार छनौट गरेर उम्मेदवारी दर्ता गराएको तर जिल्ला पार्टीलाई कुनै जानकारी नै नदिएर उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारवाहीको लागि सिफारिस गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ।

संयोजक बुढाथोकीले विधि र विधान विपरित हचुवाको भरमा पार्टी अध्यक्ष प्रचण्डले गरेको कारवाही दुर्भाग्यपूर्ण रहेको संयोजक छहारीले बताए। “पार्टीको विधान अनुसार स्पष्टीकरण, चेतावनी, जिम्मेवारीबाट निलम्बन हुँदै कारवाही गर्नुपर्नेमा एकैपटक पार्टी सदस्यता नहरने गरी कारवाही गर्नु कति न्यायसंगत हो ? यो हामी सबैले सोँच्ने गम्भीर प्रश्नको रुपमा रहेको छ।

जिल्ला पार्टीले अगाडि बढाएका स्वतन्त्र उम्मेदवारहरु र तिनका समर्थकमाथि हचुवाको भरमा घोषणा गरिएको कारवाही अन्यायमाथि अन्याय थप्ने दुर्भाग्यपूर्ण छ” छहारीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गठबन्धनको निर्णयले अन्याय गरेको भन्दै माओवादी केन्द्र सल्यानले प्रतिनिधिसभा नेता उमाकान्त शर्मा र प्रदेश सभाको लागि भीमप्रकाश शर्मा र जीतबहादुर पुनलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);