उम्मेदवारी नै त्यागेर माओवादी केन्द्रमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोल्पा, २ मंसिर। प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

वाम गठबन्धनले शुक्रबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अन्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।

नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराएका थिए।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट रोल्पाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका थिए । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला बुढाथोकीको उम्मेदवारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);