मतदाताको मोबाइलमा उम्मेदवारको एसएमएस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, २ मंसिर । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा मत पार्न रसुवामा वाम गठबन्धनले एसएमएसमार्फत भोट माग्न सुरु गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने देखेपछि उम्मेदवारले एसएमएस सेवा सुरु गरेका हुन्।

जिल्लाका सम्पूर्ण गाउँबस्तीमा मोबाइल सेवा पुगेकाले मत माग्नका लागि एसएमएस सेवा प्रयोग गरिएको गठबन्धनले जनाएको छ। ३३२३४, ८५५१ र ८५५४ नम्बरबाट ‘रसुवाको विकासका लागि मंसिर १० को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई अमूल्य मतदान गरौँ’ भन्ने सन्देश पठाउन थालिएको छ। यसअघि सामाजिक सञ्जालमार्फत चुनावी गतिविधि बढाएका उनीहरूले चुनाव जित्नका लागि नयाँ-नयाँ उपाय अपनाउन थालेका छन्।

०७० को निर्वाचन जितेको एमालेले चार वर्षमा गाउँ-गाउँमा सडक सञ्जाल विस्तार गर्ने योजना बनाएको भए पनि योजना पूरा नहुँदा यसपटक मतदातासामु पुग्न हिँडेरै जानुपर्दा समस्या आएको छ।

पाँच स्थानीय तह रहेको रसुवामा २७ वडा छन्। दुई वडामा बाहेक अन्य वडामा सडक पुगेको भए पनि गाउँबस्तीमा सडकले छुन सकेको छैन। सडक नजोडिएको ठाउँका नागरिकले बाह्रै महिना सास्ती खेप्नुपरे तापनि एक दिन मत माग्न पुग्ने नेता तथा कार्यकर्तालाई पनि मतदाता भेट्न मुस्किल भएको छ। – नयाँ पत्रिकाबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);