इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

एजेन्सी, ३० चैत । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलले सेफिल्ड युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एलेक्स्जान्ड्रे लाकाजेट्ले दुई गोल गरे भने गाब्रियल मार्टिनेलीले एक गोल थपे । खेलको ३३ औं मिनेटमा लाकाजेट्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

त्यसपछि ७१ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता २–० को बनाए । त्यसपछि खेलको ८५ औं मिनेटमा लाकाजेट्ले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।

जितसँगै आर्सनलले ३१ खेलमा ४५ अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ भने पराजित सेफिल्ड १४ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);