कोलकत्तासँग सनराईजर्स १० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कोलकत्तासँग सनराईजर्स १० रनले पराजित

एजेन्सी, ३० चैत । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई पराजित गरेको छ ।

आईतबार राति भएको खेलमा कोलकत्ताले हैदराबादलाई १० रनले पराजित गरेको हो । १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले ५ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।

हैदराबादका लागि मनिष पाण्डेले अविजित ६१ र जोन बोयस्टोले ५५ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।

ओपनरद्धय ऋद्धिमान साह ७ र डेविड वार्नर ३ रनमा आउट भएको खेलमा मोहमद नाबी १४, विजय शंकर ११ रनमा पेविलियन फर्किए । अब्दुल सामद १९ रनमा अविजित रहे । कोलकत्ताका प्रशिद्ध कृष्णले २ तथा सकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान १ विकेट लिएका थिए ।

यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको कोलकत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । कोलकत्ताका लागि ओपनर नितिस रानाले ८० रनको शानदार ईनिङ्स खेलेका थिए ।

त्यस्तै राहुल त्रिपाठीले ५३, सुभमन गिलले १५, आन्द्रे रसेलले ५, सकिब हल हसन ३ र इयान मोर्गान २ रनमा आउट भए भने दिनेश कार्तिक २२ रनमा अविजित रहे ।

सनराईजर्सका रसिद खान र मोहमद नाबीले समान २ तथा भुवनेश्वर कुमार र टी नटराजनले समान १ विकेट लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);