जापान विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापान विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

japan

काठमाडौं, १५ असार । एसियाली मुलुक जापान विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । जापान समूह एचको उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा पोल्याण्डसँग १–० ले पराजित भएको जापान अर्को खेलमा समान अंक भएको अफ्रिकी मुलुक सेनेगल पनि १–० ले नै पराजित भएका कारण नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । समान अंकका बाबजुद् पहेंलो कार्ड कम खाएका कारण जापानले समूह जीको विजेता बेल्जियमसँगको भेट पक्का गरेको हो । अन्तिम १६ मा प्रवेशका लागि बराबरी पर्याप्त भएको खेलमा जापानले खेलको ५९ औं मिनेटमा गोल खाएको थियो ।

तर समूह एचकै अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले नै पराजित गरेका कारण हारका बाबजुद् जापानले अन्तिम १६ को टिकट काटेको हो । सेनेगललाई पराजित गर्ने गर्ने क्रममा कोलम्बियाका येरी मिनाले खेलको ७४ औं मिनेटमा गोल गरे । समूह जी अन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्याण्डलाई १–० गोलअन्तरले पराजित गरी बेल्जियम समूह विजेता बनेको छ । दुई/दुई खेलमा जित हात पारेर यसअघि नै अन्तिम १६ को टिकट काटेको इङ्ल्याण्ड कप्तान ह्यारी केन विना मैदान उत्रिएको थियो ।

इङ्ल्याण्डले पानामाविरुद्धको खेलका ८ खेलाडीलाई बेञ्चमा राखेको थियो भने बेल्जियम आफ्ना पहिलो रोजाइका ९ खेलाडीलाई आराम गरएर मैदान उत्रिएको थियो । बेल्जियमले खेलको ५१ औं मिनेटमा निर्णायक गोल गर्यो । समूहको उपविजेता बनेको इङ्ल्याण्डले नकआउट चरणमा समूह एचको विजेता कोलम्बियाको सामना गर्ने छ । नकआउट चरणका खेल भोलि सुरु हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);