दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा खेलकुद प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा खेलकुद प्रतियोगिता सुरु

दाङ, १८ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा आईतबारबाट खेलकुद प्रतियोगिता सुरु भएको छ ।स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिका प्रदेशको गाउँपालिका भएकोले खेलाडीहरु अनुशासित खेलाडीको रुपमा चिनाउन खेल क्षेत्रलाई उठाउन सुझाव दिनु भएको छ ।

दुई दिन सम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता अन्र्तगत महिला पुरुष भलिबल, लङजम्प, हाइजम्प र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);