बन्दिपुरलाई खेलकुदको हव बनाउने योजना छ : अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बन्दिपुरलाई खेलकुदको हव बनाउने योजना छ : अध्यक्ष थापा

काठमाडौं । बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुरलाई तनहुँको मात्र नभएर राष्ट्रकै खेलकुदको हव बनाउने योजना रहेको बताउनु भएको छ । युवाहरुको प्रतिभालाई सम्मान गर्दै व्यवसायिक रुपमा खेललाई पनि लैजान सकिन्छ भन्ने वातावरण बनाउन गाउँपालिकाले प्रथम अध्यक्ष कप–२०७९ को प्रतियोगिताको आयोजना गरेको उहाँको भनाई थियो ।

“खेलाडीहरुलाई खेलप्रति अझै जिम्मेवार बनाउँने,व्यवसायिक रुपमा खेलमा लगाउने र बन्दिपुरबाट राम्रो भलिबल र फुटबलको टिम बनाइ अन्र्तपालिका स्तरिय खेलकुदमा लैजाने हाम्रो योजना छ ।”उहाँले भन्नुभयो,“प्रदेश र केन्द्रमा पठाउने गरी युवाहरुलाई खेलप्रति विश्वासको वातावरण जागृत गराई र उहाँहरुलाई व्यवसायिक रुपमा खेलमा पनि लाग्न सकिन्छ भन्ने वातावरण बनाउन प्रतियोगिता आयोजना गरेका हौं ।”
खेलाडीहरुको खेल हेर्दा युवाहरुको खेलको स्तर धेरै राम्रो देखिएको उहाँको भनाइ छ । अझै खेलाडीहरुलाई खार्दै लैजाने र तालिमहरु दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बन्दिपुर गाउँपालिका तनहुँको आयोजनामा प्रथम अध्यक्ष कप–२०७९ फागुन १२ गतेदेखि सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित वडास्तरीय नकआउट भलिबल तथा सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन अध्यक्ष थापाले गर्नुभएको हो । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता बन्दिपुर–४ राष्ट्रिय खेल मैदान भुमर्सेमा आयोजना गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);