रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने भएको हो ।

आजको बैठकमा पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ ।

रास्वपासहितको सात दलिय गठबन्धन भत्किएर नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको रास्वपाले समर्थन भने फिर्ता लिएको छैन् ।

नागरिकता विवादमा रवि लामिछाने मुछिएसँगै सरकारबाट बाहिरिएका थिए । रास्वपाले राष्ट्रपतिका दुई उम्मेदवारलाई नै समर्थन गरेको औपचारिक घोषणा गरेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);