नेपालमा विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

redio nepal

काठमाडौं, १ फागुन । बुधवार विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिन्छ । रेडियोलाई आवाज बिहिनहरुको आवाजको रुपमा लिइन्छ । दिवसको अवसरमा बुधबार काठमाडौँमा रेडियो सम्बद्ध विभिन्न संघ संस्थाले प्रभात फेरी गरि दिवस मनाएका छन् ।

नेपालमा रेडियो प्रशारण वि.सं.२००३ सालमा भएको थियो भने रेडियो नेपालको स्थापना भने वि.सं.२००७ चैत्र २० भएको थियो । निजी क्षेत्रबाट एफ एम ब्यान्डमा रेडियोहरुको प्रसारण भने २०५२ सालदेखि भएको हो । नेपालमा रेडियोको महत्व अझ बढी हुदाँहुदैँ सरकारी बेवास्ता र नीतिमा भएको खुकुलोपनले रेडियोको गरिमा खस्कदै गएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);