बिहीबार परेका कारण लम्बियो तराईको होली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिहीबार परेका कारण लम्बियो तराईको होली

sarlahi holi

सर्लाही, ८ चैत ।  सदा एक दिन मात्र मनाइने तराईको महत्वपूर्ण पर्व होली यस वर्ष भने दुई दिन मनाइने भएको छ। यस वर्ष तराईको होली बिहीबार परेको र मधेसी समुदायको घरमा बिहीबारका व्रतालु हुने भएका कारण माछामासु नचल्ने भएपछि मिथिला क्षेत्रका सर्वसाधारणले शुक्रबार होली मनाउने तयारी गरेका छन्। मधेसी समुदायमा आइतबार, मंगलबार र बिहीबार अधिकांश घरमा व्रतालु हुने हुँदा माछामासु नचल्ने भएकाले यस्तो बेलामा होली पर्व भोलिपल्ट मनाउने प्रचलन रहेको मैथल संस्कृतिका जानकार रजनीकान्त झा बताउँछन् ।

‘बिहीबार धेरैको घरमा काटमार हुँदैन,’ झाले भने, ‘त्यसैले धेरैजनाले शुक्रबार होली मनाउँछन्।’ जनकपुरमा अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मिथिला क्षेत्रमा होली मनाउने प्रचलन रहेको र सो परिक्रमा कार्यक्रम पनि बिहीबार नै हुने भएकाले शुक्रबार होली मनाउने तयारी रहेको उनले बताए। ‘बुधबार नौ बजेपछि मात्र पूर्णिमा तिथि लागेकाले परिक्रमा कार्यक्रम बिहीबार स-यो,’ उनले भने, ‘त्यसैले धेरैले शुक्रबार मात्र होली खेल्ने छन्।’ यो खबर नागरिक दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);