मिथिलाञ्चलमा शनिबार होली पर्व मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिथिलाञ्चलमा शनिबार होली पर्व मनाइयो

holi

जनकपुरधाम, १९ फागुन । मिथिलाञ्चलमा आज होली पर्व मनाइएको छ । बिहीबार पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाइएको थियो । तराईका केही जिल्लामा हिजो होली पर्व मनाईए पनि धनुषाको जनकपुरसहित मिथिलाञ्चलमा शनिबार होली मनाईएको हो ।

मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले मिथिलाञ्चलमा आज होली मनाईएको हो । होलीका अवसरमा जनकपुरको विभिन्न चोकहरुमा ‘मटका भोर’ कार्यक्रमको आयोजना गरिएको थियो ।

विदेशी पर्यटकहरु समेत स्थानियवासीसँग होलीमा रमाएका थिए । होलीका अवसरमा जनकपुरको विभिन्न स्थानमा युवाहरुको टोलीले सांगीतिक कार्यक्रमका आयोजना गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);