सल्यान अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सल्यान अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

सल्यान । जिल्ला अस्पताल सल्यानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका शारदा नगरपालिका, बागचौर नगरपालिका र रोल्पा गंगादेव गाउँपालिका ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।

मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका वडा नम्बर १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर २ की ६१ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यससँगै सल्यानमा कोरोना संक्रमणबाट र्मृत्यु हुनेको संख्या ४१ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ८५ रहेको छ । जसमध्ये १९ जना जिल्ला अस्पतालमा र ३४ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् । बाँकी ७ सय २८ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);