Our Network

साउन १९ २०७८, मंगलबार

कपिलवस्तुमा थप एक कोरोना संक्रमितको मृत्यु

कपिलवस्तु, ११ भदौ । कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड न १ का ५० वार्षिय शिव पुजन कोहारको मृत्यु भएको भएको छ ।

भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए ।

यससंगै कपिलवस्तुमा कोरोनाबाट ३ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply