हत्या अभियोगमा पक्राउ परेका विजय रामको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हत्या अभियोगमा पक्राउ परेका विजय रामको मृत्यु

रौतहट, ११ भदौ । रौतहटमा हत्या अभियोगमा पक्राउ परेका विजय रामको मृत्यु भएको छ । निरन्जन राम हत्याकाण्डको आरोपित रहेका विजयको नेशनल मेडिकल वीरगञ्जमा गएराती मृत्यु भएको हो ।

हिरासतमा राखेको उनको स्वास्थ्यमा गड्बडी देखिएपछी अस्पताल भर्ना गरिएको थियो । गरुडा नगरपालिका वडा नं- ८ जिगडिया बस्ने उनको प्रहरीको अत्यधिक कुटपिटबाट मृत्यु भएको आफन्तले आरोप लगाएका छन । तर प्रहरीले उक्त आरोप स्वीकार गरेका छैनन ।

प्रहरीले गत साउन ३१ गते सोही स्थान बस्ने २० वर्षिय निरन्जन रामको हत्यामा सँलग्न रहेको भन्दै प्रहरीले २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० वर्षिय सिकिन्द्र राम, १९ वर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);