त्रिभुवन पार्ककाे हरिबिजोग : देखियो यस्तो दृश्य (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिभुवन पार्ककाे हरिबिजोग : देखियो यस्तो दृश्य (भिडियाेसहित)

काठमाडौं, ६ चैत । काठमाडौं उपत्यकाको मनोरम स्थानको रुपमा रहेको चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटस्थित सहिद स्मारक प्रकृति प्रतिष्ठान दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । त्रिभुवन पार्क र वनभोज स्थलका नामले समेत चिनीने यो पार्क उचित मर्मत सम्भारको अभावले जिर्ण बनेको हो ।

कुनै समय काठमाडौबासीका लागि मनोरञ्जन गर्ने र नेपाली चलचित्रको छायांकन गर्नका लागि प्रमुख स्थानको रुपमा रोजिने यो पार्क संरक्षण र सम्बर्द्धनको अभावमा अहिले उजाड बन्दै गएको छ ।

२०२८ सालमा स्थानियहरुको जग्गा अधिग्रहण गरेर स्थापना गरिएको यो पार्कलाई अहिले संरक्षण गर्ने निकाय प्रभावकारी रुपमा नलाग्दा यो पार्कमा रहेका भौतिक संरचनाहरु जिर्ण भएका छन् ।

२०२८ सालमा स्थानियको ११२ रोपनी र २०४६ सालमा ४२ रोपनी गरी स्थानियको १५४ रोपनी ४ आना २ पैसा २ दाम जग्गा अधिग्रहण गरी पार्क बनाइएको थियो । काठमाडौबाट जम्मा ७ किलोमिटरको दुरीमा रहेको यो पार्क व्यवस्थापनको अभावले अस्तव्यस्त अवस्थामा पुग्दा पछिल्लो समय मानिसहरुको आकर्षण निकै कम हुँदै गएको छ ।

थप जानकारीका लागि भिडियाे हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);