नेपालगन्जको महेन्द्र पार्क लथालिंग अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

नेपालगन्जको महेन्द्र पार्क लथालिंग अवस्थामा

जगेश्वर थारु

बाँके, ३० असार । नेपालगन्जको एक मात्र पर्यटकीय पार्क महेन्द्र पार्क जीर्ण अवस्थामा छ । तर, यसको पुनर्निर्माणमा सम्बन्धित निकायले चासो दिएका छैनन् । महेन्द्र पार्कको यो अवस्थाले आन्तरिक तथा बाह्य पर्यटक पनि घटेका छन् ।

विक्रम सम्वत २०२० सालमा राजा महेन्द्रको नामबाट स्थापित भएको नेपालगञ्जको एकमात्र पर्यटकीय स्थल जिर्ण अवस्थामा पुगेको छ । कुनै बेला दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक महेन्द्र पार्क घुम्न आउँथे ।

तर, आजभोलि सय जना पुग्न पनि गार्हो छ । अव्यवस्थित र जिर्ण हुँदै जान थालेपछि महेन्द्र पार्क अहिले ओझेलमा परेको हो । महेन्द्र पार्कमा मिनी चिडियाखाना पनि छ । यहाँ विभिन्न दुर्लभ जनावर तथा चराहरु हेर्न पाइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा अवस्थित यो पार्क करीव एक विगाहा जमीनमा फैलिएको छ । अष्ट्रिज, कृष्णसार, चित्तल, खरायो, मुनिया चरा, परेवा, मयूर, हाँस, बन कुखुरा, बाँदरलगायतका १० प्रजातीका जनावर तथा पशुपन्छी महेन्द्रपार्कमा छन् ।

बाल उद्यान सहितको पार्कमा खेल्नका लागि जुला, पीङहरु व्यवस्थीत नभइ लथालिङ्ग अवस्थामा छन् भने बस्नका लागी बनाइएका स्टलहरु पनि जीर्ण अवस्थामा रहेका छन् । यस्तो बेथिति देखेका पर्यटकहरु आउनुमात्रै परेको गुनासो गर्न थालेका छन् ।

मध्य तथा सुदुरपश्चिमको प्रवेशद्वारको रुपमा रहेको बाँके पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो । नेपालका प्रमुख शहर मध्येको एक नेपालगन्ज बहुजातीय, बहुभाषीक, बहुधार्मीक र बहुसामुदायिक धार्मीक सद्भावयुक्त शहर हो ।

तर, यहाँ पर्यटकका लागि घुम्न लायक स्थान भएर पनि त्यसको संरक्षण र सम्बद्धन नहुँदा आन्तरिक तथा बाह्य पर्यटक घुम्न लायक स्थानको खोजीमा बर्दिया र कैलाली लगायतका स्थानहरुमा जाने गरेका छन् ।

पर्यटकीय स्थल महेन्द्र पार्क अव्यवस्थित र जिर्ण हुँदा समेत स्थानीय तह भने मुकदर्शक बनेर बसेको देखिन्छ । मुलुकमा संघीय सरकारले पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);