काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै ट्राफिक जाम नागरिककालागि दैनिक समस्या बन्दै गएको छ ।यसै समस्यालाई मध्य नजर गर्दै ट्राफिक प्रहरी कार्यालयले फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम ल्याएको छ जसले नागरिक र सवारी चालकलाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
संवाददाता कविना बलामी
पछिल्लो समय नेपाल प्रहरी तथा ट्राफिक प्रहरी प्रविधिमैत्री बन्दै गएको देखिन्छ । सडक व्यवस्थापन,दुर्घटना नियन्त्रण,ट्राफिक नियम उल्लंघनको निगरानी र व्यवस्थापनलाई सक्रिय उपस्थिति,मोबाइल एपमार्फत उजुरी दिने व्यवस्था,डिजिटल डेटाबेस प्रणाली तथा सिसीटिभि निगरानीले ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउने प्रयास भइरहेको छ । पछिल्लो समय हेर्दा आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा ३ लाख ८२ हजार ६८ सवारी चालकहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यो कारबाही बापत २७ करोड ७८ हजार १ सय ८९ रुपैँया राजस्व खातामा जम्मा भइसकेको छ ।देशको मूख्य राजधानी काठमाडौँमा दैनिक १८ लाख भन्दा बढी सवारी साधनहरु गड्ने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
मूख्य शहर भएका कारण सवारी साधनको बढ्दो चाप अत्याधिक मात्रामा देखिन्छ । विशेषगरी मूख्य चोकहरु, थापाथली,माइतीघर,त्रिपुरेश्वर,कलंकी ,कोटेश्वर लगायतका चोकहरुको व्यस्त समयमा तयारीमा बस्नुपर्ने अवस्था नै सिर्जना हुने गर्छ । ती समस्याहरुलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरीको जनशक्तिका साथसाथै प्रविधिमैत्री ट्राफिक व्यवस्थापन पनि लागू गरिएको छ । अहिले ट्राफिक प्रहरी कार्यालयहरुले फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम ल्याएको छ जसले सर्वसाधरणसँग प्रत्यक्ष सम्पर्क बढाइरहेका छन् र नागरिकलाई तत्काल सूचना पाउन सहज भएको छ । फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टमको मूख्य उद्देश्य नागरिहरुलाई सहज,विश्वासिलो र कामकारबाहीलाई प्रभावकारी बनाई दुर्घटना सकेसम्म हुन नदिनु यस सिस्टमको लक्ष्य रहेको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारीले व्यक्त गर्नुभयो ।
उनले प्रविधिको विकाससँगै नेपाल प्रहरी पनि परम्परागत शैलीबाट डिजिटल प्रणालीतर्फ उन्मूख भइरहेको बताए । यस अनुसार प्रविधिलाई अझै परिस्कृत गर्दै स्मार्ट ट्राफिक लाइटहरु सडकमा ,एआईमार्फत सडकहरुको अनुगमन गर्ने तथा नागरिहरुलाई प्रविधिमार्फत सुसुचित गर्न अति नै आवश्यक रहेको औल्याएँ ।यद्यपि बढ्दो सवारी चाप,साँघुरा सडक,अव्यवस्थित पार्किङ तथा नियम उल्लंघन गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनमा चुनौति थपिरहेको छ । प्रविधिको प्रयोग बढे पनि नागरिक स्वयं सचेत नभएसम्म सडक व्यवस्थापन पूर्ण रुपमा प्रभावकारी बन्न नसक्ने अवस्था छ ।




