रविको मिडियाप्रति आक्रोस किन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रविको मिडियाप्रति आक्रोस किन ?

काठमाडौं, २३ माघ । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गरेर सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय सुनाए । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन भने फिर्ता नलिने स्पष्ट पारे ।

आइतबार बिहान लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दल बैठकले उक्त निर्णय गरेको थियो । बैठकपछि पत्रकार सम्मेलन गरेर रविले मुलधारका मिडियाहरुमाथि आक्रोस पोखे । उनी नेपाली मिडियाका १२ भाई सम्पादकविरुद्ध खनिए । सम्पादकहरुमाथि रवि खनिनुलाई एकथरीले मिडियाभित्रको यथार्थ बोलेको त कसैले गृहमन्त्री नपाएपछिको आक्रोस पोखिएको विश्लेषण गरेका छन् ।

सामाजिक सञ्जाल रविकै विचारबारे टिकाटिप्पणी गरिएका स्ट्याटसले भरिएका छन् । नेकपा एमाले निकटस्थहरुले रविको आइतबारको भनाईप्रति सहमत जनाइरहेका छन् भने अन्यले असहमति जनाएको देखिन्छ । रविले आफुविरुद्ध कान्तिपुरसहित विभिन्न मिडियाले नचाहिदो शीर्षक राखेर बदनाम गराएको भन्दै दाह्रा किटीकिटी आक्रोस पोखे । कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहिया,प्रधानसम्पादक दिल भुुषण पाठक, सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल, अनलाइन खबरका सम्पादक शिव गाउले; जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ; हिमाल खबरका प्रकाशक कनकमणी दिक्षित; अनलाइन खबरका प्रबन्धक निर्देशक धर्मराज भुषाल, रिपोर्टर्स नेपालका सञ्चालक ऋषि धमलालगायतको उनले नाम तोकेर टिप्पणी गरेका थिए । उनले हिजो पत्रकार हुँदा आफूलाई मिडियाले पत्रकार नै नमानेको उल्लेख गर्दै उपप्रधानमन्त्री र गृहमन्त्री भएपछि मिडियाकर्मीहरुको मुटु फुटेकासम्म भन्न भ्याए ।  उनी सबैभन्दा कान्तिपुर मिडियासँग आक्रामक देखिएका थिए ।

यी हुन् रविले नाम किटेका मिडियाका पत्रकारका नाम, सम्पादक र सञ्चालकहरु
१. कैलाश सिरोहिया; अध्यक्ष तथा प्रवन्ध निर्देशक, कान्तिपुर
३. दिल भूषण पाठक; प्रधान सम्पादक, कान्तिपुर
३. अमित ढकाल; प्रधान सम्पादक, सेतोपाटि
४. शिव गाउले; सम्पादक, अनलाइन खबर
५. किशोर श्रेष्ठ; अध्यक्ष, जनअस्था
६. कनकमणी दिक्षित; प्रकाशक, हिमाल खबर
७. धर्मराज भुषाल; अध्यक्ष/ प्रबन्धक निर्देशक, अनलाइन खबर
८. ऋषि धमला; सञ्चालक, रिपोर्टर्स नेपाल
९. कृष्ण ज्वाला देबकोट; अध्यक्ष/प्रधान सम्पादक, नयाँ पत्रिका
१०. राजन पोखरेल; उप सम्पादक, द हिमालयन टाइम्स
११. गुणराज लुइँटेल; प्रधान सम्पादक, नागरिक
१२. केपि ढुंगाना; प्रधान सम्पादक, उकेरा
१३. रामेश्वर थापा; अध्यक्ष, अन्नपूर्ण
अन्य;
१४. रमेश कोईरालाः सेलिब्रेटि ट्वइटे
१५. रातोपाटि,
१६. सिलापत्र,
१७. देश सञ्चार,
अरुण बराल, रवीन्द्र मिश्र, गगन थापा, बिश्वदिप।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);