रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश

काठमाडौं,२३ माघ । टिकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ । सोही घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चोधरीको मुद्दामा न्यायाधीश टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो । सोही घटनमा उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो ।

सो सजायको विरुद्ध आठजनाले सर्वोच्चमा निवेदन दिएका दिएका थिए । सोही निवेदन माथि हिजो सुनुवाइ भएको हो । पूर्व सांसद चौधरीसहित सीताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारू चौधरीले छुट्टाछुट्टै आठवटा निवेदन दिएका थिए । सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);