तीन वर्षपछि टिकापुर हत्याकाण्डको फैसला : सांसद चौधरी सहित ११ जनालाई जन्मकैद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

तीन वर्षपछि टिकापुर हत्याकाण्डको फैसला : सांसद चौधरी सहित ११ जनालाई जन्मकैद

Resham-Chaudhari

काठमाडौं, २२ फागुन । २०७२ साल भाद्र सात गते भएको टिकापुर हत्याकाण्डमा संग्लग्न रहेका तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव एवं रामजनम चौधरी लगायतले प्रदर्शन तथा निषेधीत क्षेत्र तोड्ने काम गरेका थिए ।

उक्त दिन हजारौं आन्दोलनकारीहरुले चर्च रोड र मनुवा रोडमा घरेलु हात हतियार सहित शसस्त्र प्रहरी बल माथि नियोजित हमला गर्ने कामको षड्यन्त्र रेशम चौधरीले गर्दा नेपाल प्रहरीका एसएसपी लक्षम न्यौपाने सहित ९ जनाले ज्यान गुमाएका थिए ।

स्थानीय थारु समुदायका झण्र्डै १० हजार संख्यामा रहेका आन्दोलनकारीले जथाभावी आक्रमण गर्दा एक नाबालक सहित सुरक्षा निकायका एसएसपी र जवानले जीवन गुमाउनु परेको घटनाको मुद्धा जिल्ला अदालत कैलालीमा रहेको थियो सोही मुद्धाको जिल्ला अदालत कैलालीले अन्तिम फैसला गर्दै सांसद रेशम चौधरी सहित ११जनालाई जन्म कैद सुनाएको छ । साथै लक्षम चौधरी र लाहुराम चौधरीलाई रिहाई गर्न आदेश दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);