पुर्ननिर्माणका लागि भारतले दियो २ अर्बको सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पुर्ननिर्माणका लागि भारतले दियो २ अर्बको सहयोग

bharatko sahayog

काठमाडौं, ११ साउन । भारत सरकारले भूकम्पपछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा भूकम्पपछि पुर्ननिर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो ।

शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरे । भारतले दिने रकमको २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत रकम भने ऋण रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);