निर्धारित समयमै महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

निर्धारित समयमै महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा उनले निर्धारित समयमा हुन नसके समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशन ९–१३ मंसिरमा गर्ने तयारी छ । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनको भनाइ छ । पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका नेता पौडेलले यसले मुलुकलाई नै अस्थिरताको भूमरीमा फसाइएको बताए । 
 

Leave a Reply

ताजा समाचार