नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

बैठकमा पछिल्लो पटक स्पष्टीकरण सोधिएका नेता माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय हुनसक्ने बताइएको थियो । प्रधानमन्त्री ओलीले यही जेठ १२ गते यी सांसदहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

अर्को बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);