नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक विवाद, बजेटको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।

आजको बैठकले शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिएका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका ११ जनाका विषयमा पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको बताइएको छ ।

२४ घन्टे स्पष्टीकरण सोधिएका ती सांसदहरूले आजसम्म पनि स्पष्टीकरण बुझाएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);