सर्वोच्च जानुअघि दलका शीर्ष नेताहरु सिंहदरबारभित्र छलफलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्वोच्च जानुअघि दलका शीर्ष नेताहरु सिंहदरबारभित्र छलफलमा

Sarbocha-Adalat

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित रिट दायर गर्न सर्वोच्च जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा अगाडिदेखि नै पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल , जसपाका उपेन्द्र यादव पनि पुगेका छन् ।

केहीबेर छलफल गरेर अदालत जाने तयारी गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् । गठबन्धनका सांसदले दायर गर्न लागेको रिटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरू देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);