माओवादी केन्द्रले कारबाही गरेका रौतहटका दुई मेयर रिनाकुमारी साह र सियाराम कुशवाहलाई सर्वोच्चद्धारा पुनर्वहाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माओवादी केन्द्रले कारबाही गरेका रौतहटका दुई मेयर रिनाकुमारी साह र सियाराम कुशवाहलाई सर्वोच्चद्धारा पुनर्वहाली

काठमाडौं । रौतहटका दुई मेयरलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्यन नगर्न सवोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रौटहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिएको हो ।

मंगलबार न्याायधीश कुमार चँुडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्मिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएको र उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका स्थानीय तहका १४ जनप्रतिनिधिलाई कारबाही गरेको थियो । माआवादीबाट एमालेमा लागेको भन्दै माओवादी केन्द्रले कारबाही गर्दै निर्वाचन आयोगमा पदमुक्त गर्न पत्र समेत पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);