महामारीको लडाईमा नेपाललाई सघाउन विश्व समुदायसँग प्रधानमन्त्रीको अपिल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

महामारीको लडाईमा नेपाललाई सघाउन विश्व समुदायसँग प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको लडाईमा नेपाललाई सघाउन विश्व समुदायलाई अपिल गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘सीएनएन इन्टरनेशनललाई दिएको लाइभ अन्र्तवार्तामा प्रधानमन्त्री ओलीलाई महामारीसँगको लडाई मा नेपाललाई सघाउन अपिल गरेका हुन् ।

शनिबार अपरान्ह १२ः०१ को लाइभ अन्र्तवार्तामा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई यस लडाईमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशो अपिल गरेको थापाले आफ्नो ट्विीट मार्फत जानकारी गराएका छन् ।

साथै प्रधानमन्त्री ओली अन्र्तवार्ता नेपालमा कोरोना महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताएको पनि थापाको ट्विीटमा उल्लेख गरिएको छ ।

नेपालमा पछिल्लो केही दिन यता दैनिक संक्रमित संख्या ९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ५० नाघेको छ । यस्तो अवस्थामा देशका अधिकाँस अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन, बेड लगायतका स्वास्थ्य सामाग्रीको चरम अभाव भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);