पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न ६१ नेकपा सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न ६१ नेकपा सांसदको माग

काठमाडौं, २५ साउन । संघीय संसदमा सत्तारुढ दल नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ जना सांसदहरुले पार्टीभित्रको अन्तरबिरोध विधि र प्रक्रियाबाट हल गर्न माग गरेका छन । आइतबार सांसदहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन । उनीहरुले पार्टी फुट्न नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

पार्टी भित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभई एकताको पक्षमा उभिएको भन्दै उनीहरुले हस्ताक्षर गरी प्रतिवद्धता जनाएका हुन् । सांसदहरुले आफुहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतालाई भेट्न जाने नभई तीन वटै नेताहरुलाई भेटन आउने बनाउने बताएका छन् ।

सांसदहरुको हस्ताक्षरलाई विशेष अधिवेसन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् । सांसदहरुको टाउको गनेर पार्टी विभाजन गर्ने सपना देख्ने नेताहरुको सपना पुरा हुन नदिन अभियान थालिएको सांसदहरुले स्पस्ट पारेका छन् । उनीहरुले पार्टी अहिले चौथो युगमा प्रवेश गरिसकेको र पाँचौ युगलाई हस्तान्तरण गर्ने अवस्थामा सांसदहरुलाई कित्तामा विभाजन नगर्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् ।

हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्री बाहेकका संघीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पस्ट पारेका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाई गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);