नेकपाका ६१ जना सांसदद्धारा हस्ताक्षर संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाका ६१ जना सांसदद्धारा हस्ताक्षर संकलन

काठमाडाैं, २६ साउन । पार्टी भित्रको अन्तरद्धन्दले नेकपा विभाजनको खतरा बढेको छ । नेताहरुको परस्पर विरोधी अडानको कारण सहमतीको सम्भावना देखिरहेको छैन । शिर्ष नेतृत्वमा तिक्तता बढेर पार्टी विभाजन उन्मुख भएपनी नेकपा सांसद एकता कायम राखिराख्न कसरत गरिरहेका छन् ।

संघीय संसदमा प्रतितिधीत्व गर्ने नेकपाका सांसदहरुले पार्टी एकताको लागि हस्ताक्षर अभियान नै चलाएका छन् । ६१ जना सांसदको हस्ताक्षर सहित सिहंदरवारमा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी एकता जोगाईराख्नुपर्ने बताएका हुन् ।

नेकपा भित्रको अन्तरद्धन्द चुलीदै गईरहेको छ । नेताहरु आआफ्नो अडानबाट टसमस भईरहेका छैनन । पार्टीमा विवाद बढदै जाँदा र सहमतीका लागि नेताहरु लचिलो नहुदा नेकपा विभाजन उन्मुख देखिन्छ । नेतृत्वका बिचमा सहमती हुन नसकिरहेपनि दोसाे् तहका नेताहरु भने पार्टीलाई विभाजीत हुन नदिन कसरत गरिरहेका देखिन्छन् ।

नेकपाको तर्फबाट संघीय संसदमा प्रतिनिधीत्व गर्ने सासंदहरुले पार्टी विभाजीत हुनबाट रोक्न हस्ताक्षर संकल्न गरिरहेका छन् । हस्ताक्षर संकल्न मार्फत सहमतीका लागि नेतृत्वलाई दवाव दिने उनीहरुको भनाई छ । अहिलेसम्म नेकपाका ६१ जना संघिय सांसदहरुले पार्टी एकताको लागि हस्ताक्षर संकल्न गरेका छन । सिंहदरवारका पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी एकता कुनै पनि अवस्थामा कायम राख्नुपर्ने बताएका हुन ।

हस्ताक्षर संकलनले सांसदहरु एकताको पक्षमा रहेको संकेत जाने उनीहरु बताउँछन् । नेकपाका शीर्ष नेतृत्व एक ठाउँमा बस्ने नसकेपछि नेकपाका तल्लो तहका नेताहरु अहिले पार्टी विभाजन हुने होकि भनेर त्रसित देखिन्छन् । पार्टीलाई विभाजन हुनबाट जोगाउन आफुहरुले हर सम्भव प्रयास गर्ने र पार्टीलाई विधी ,प्रक्रिया र पद्धती अनु्रुप चलाउनुपर्ने नेकपा सांसदहरुको जोड छ ।

स्थायी कमिटी भांडिए लगत्तै केन्द्रिय कमिटी बैठक माग हुनुले नेकपाको विवाद गणितीय खेलमा प्रवेश गरेको राजनीतिक अडकलबाजी गरिदै आएको छ । यसबाट अब पार्टी फुटन् लागेको हो कि भनेर सांसदहरु नै अहिले हस्ताक्षर अभियानमा लागेका छन् । यो हस्ताक्षर अभियान पनि कतै संख्यात्मक जोडघटाउ त होइन भनी आशंका गर्नेहरु पनि त्यतिकै देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);