नेपाल औषधि लिमिटेडद्वारा दैनिक २० हजार बोतल स्यानिटाइजर उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल औषधि लिमिटेडद्वारा दैनिक २० हजार बोतल स्यानिटाइजर उत्पादन

senitaizer

काठमाडाैं, २७ चैत । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि कम्पनील उत्पादन सुरु गरेको हो ।

तर स्वास्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागको भने सहयोग नगरेको औषधी लिमिटेडले जनाएको छ ।कोरोना संक्रमणको त्रास बढेसँगै यतिबेला बजारमा स्यानिटाजरको माग ह्वात्तै बढेको छ । सहज रुपमा स्यानिटाइजर पाउन पनि गाह्रो छ ।

बजारमा देखिएको अभावलाई पूर्ति गर्न सरकार मातहतको नेपाल औषधी लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । अहिले १ सय एमएलको १५ देखि २० हजार बोत्तल सम्म उत्पादन थालिएको छ । कम्पनीले बजार मागको अवस्था आँकलन गर्न नसक्दा र सम्बन्धित निकायको असहयोगले पूर्ण क्षमतामा काम गर्न नसकेको जनाएको हो  ।

हाल कम्पनीसँग  ३० हजार बढि बोत्तल स्यानिटाइजर मौज्दात रहेको छ । विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार कुनै ब्याक्टेरिया वा भाईरस निर्मुल गर्न स्यानिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्छ । कम्पनीले सोही मापदण्ड अनुसार नै उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरिरहेका यी स्यानिटाइजर बजारमा विभिन्न्न अस्पताल तथा सरकारी निकायले खरिद गर्न थालेको कम्पनीले जनाएको छ ।

१ सय एमएलको स्यानिटाइजरको बजार मूल्य १ सय ७५ रुपैंया तोकिएको छ ।

दैनिक ५० हजार बोेत्तल उत्पादन गर्न सक्ने क्षमता भएपनि आगामी दिनमा बजार माग कस्तो हुने हो भन्ने आँकलन गर्न नसक्दा उत्पादनको मात्रा घटाइएको भट्टराईको भनाइ छ ।

उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहयोगको अभावमा कम्पनीले पूर्ण क्षमतामा काम गर्न नसकेको पनि बताए ।

माग बढेको बेला निजी कम्पनीहरुले जथाभावि चर्को मूल्य राखेर स्यानिटाइजर बेचिरहँदा नेपाल औषधी लिमिटेडको उत्पादनले उपभोक्तालाई राहत दिने देखिन्छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);