तातोपानी नाका खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तातोपानी नाका खुल्यो

tatopani-naka

काठमाडाैं, २७ चैत । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएसँगै नाका संचालनमा आएको हो ।

उक्त नाका माघदेखि बन्द रहेको थियो । सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका छन् ।

नाकाबाट पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);