खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ

kharipati quarantine

काठमाडौं, २३ चैत । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै रिपोर्ट कोरोना नेगेटिभ आएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको जानकारी दिनुभएको हो ।

सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि यही चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाईनमा राखिएको थियो ।

प्रवक्ता देवकोटाले आईतबार सम्म काठमाण्डौको टेकूस्थित राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र उपत्यका बाहिर ६ ठाउँमा कोरोना परीक्षण शुरु भएको बताउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् ।

देवकोटाले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाईनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्टबाट कोरोनाको परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गरिने जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);