कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न : स्वास्थ्य मन्त्रालय

devkota corona press meet

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितहरुको ’कन्ट्याक्ट ट्रेसिङ’ को काम सकिएको जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको जानकारी दिनुभएको हो । डाक्टर देवकोटाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अहिलेसम्मका ८ जना संक्रमितको ’कन्ट्याक्ट ट्रेसिङ’ गरिएको उल्लेख गर्नुभयो ।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन् । उहाँले हालसम्म २ हजार ३ सय ६६ नमुना परीक्षण भइसकेको र परीक्षणको दायरा बढाउँदै लगिएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले उपत्यका बाहिरबाट नमुना संकलन भएर आइरहेको समेत बताउनुभयो । बुधबार सम्मको तथ्यांक अनुसार उपत्यकामा १२ र बाहिर १सय २२ गरी १सय ३४ जना आइसोलेसनमा छन् । ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित विरामी राख्नका लागि तयार पारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);