संक्रमितको चाप बढेपछि पृथ्वीचन्द्र अस्पतालको आकस्मिक कक्ष भरिभराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

संक्रमितको चाप बढेपछि पृथ्वीचन्द्र अस्पतालको आकस्मिक कक्ष भरिभराउ

नवलपरासी । कोरोना संक्रमित बिरामीको चाप बढेपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालको आकस्मिक कक्ष समेत भरिभराउभएका छन् । प्रदेश मातहतको ५० शैया क्षमताको अस्पताल अहिले कोरोना संक्रमितका कारण भरिएका छन् ।

अस्पतालमा बनाईएको आठ शैयाको आईसोलेसन सेन्टर संक्रमितको उपचारका लागि अपुग भएपछि आकस्मिक कक्षपनि कोरोना संक्रमित बिरामीले भरिएको हो । शैया अभावका कारण बिरामिलाई भुईमा राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।

अहिलेसम्म अक्सिजनले धानेको भएपनि थप बिरामी आएमा अक्सिजनले पनि नधान्ने अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा कोरोना संक्रमित विरामीहरुले भरिएपछि अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनुपर्ने समेत माग उठेको छ ।

कोरोना अस्पतालन बनाउन प्रदेश सरकारसंग आग्रह गरिएको र प्रदेश सरकारबाट अनुमति हुनासाथ आकस्मिक र प्रसुति सेवा छुट्टै भवनबाट संचालन गरि कोरोना अस्पतालमा परिणत गर्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);