च्याम्पियन्स लिग: बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

च्याम्पियन्स लिग: बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित

bersiloana

काठमाडौँ, २८ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।

स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएका हो । जितमा बार्सिलोनाले गोल भने गर्नु परेन । १२ औँ मिनेटमा पाएको उपहार गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । १२ औँ मिनेटमा युनाइटेडका ल्युक शवले आत्मघाती गोल गरेका हुन् । लुइस स्वारेजको हेड बललाई जोगाउने क्रममा शवले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले बार्सिलोनाका फिलिप कोन्टिन्हो र लियोनल मेस्सीको प्रहारको सुन्दर बचाउ गरे । युनाइटेडले गोल गर्न नसक्दा घरेलु मैदानको खेल गुमायो । दोस्रो लेग अप्रिल १६ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);