पुरुष हक्कीमा नेपाल पुलिस क्लव विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुरुष हक्कीमा नेपाल पुलिस क्लव विजयी

नेपालगञ्ज, २८ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

नेपालगञ्जमा बिहीवार भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो । गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेको नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल रोमन राणाले गरेका थिए ।

उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा नेपाल आर्मीले प्रदेश नंम्बर २ लाई १–० गोल अन्तरले पराजित गर्यो । आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);