सन्दीपको शानदार बलिङसँगै होबार्टको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सन्दीपको शानदार बलिङसँगै होबार्टको जित

काठमाडौं, १८ पुष । स्टार लेग स्पिनर सन्दीप लामिछानेले होबार्टको डेब्यू खेलमै दुई विकेट लिएका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा शनिबार होबार्टले मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको छ ।

सन्दीपले आफ्नै पूर्व क्लब मेलबर्नका हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका हुन् । दुई विकेट लिएपनि ४ ओभर बलिङ गर्दा उनले ३८ रन खर्चिएका थिए ।
होबार्टको जितमा डेविड मालान र स्कट बोलाण्डले उत्कृष्ट प्रदर्शन गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले मालानको ७५ रन मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनायो । जवाफमा स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

जितपछि ७ खेलबाट १८ अंक जोड्दै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);