नेपाल पुलिस क्लव प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल पुलिस क्लव प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

nepal police-pm cup

काठमाडौं, १९ जेठ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १सय ५६ रनले पराजित गर्दै पुलिस समूह ’बी’ बाट सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको २सय ५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रनमात्रै बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २सय ५३ रन बनाएको थियो ।यो जितसंगै पुलिस समूह बीको विजेता बनेर सेमिफाइनलमा पुगेको होक । समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ४ जितसहित ८ अंक जोड्यो । प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);