मेयर्स कप क्रिकेटमा पुलिसको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

मेयर्स कप क्रिकेटमा पुलिसको दोस्रो जित

काठमाडौं, २५ फागुन । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए । प्लेयर अफ दि म्याच पवन सर्राफले अविजित २२ रन बनाए । आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ३० दशमलव १ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । पुलिसका सागर ढकालले ५ विकेट पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बागमतीलाई हराएको पुलिसले दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । आर्मीको यो दोस्रो हार हो । आर्मीले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर–११ लाई हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);