राष्ट्रपति बन्न चाहन्थे पेले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रपति बन्न चाहन्थे पेले

काठमाडौं । सन् १९९० मा पेलेले राष्ट्रपति बन्ने चाँहना प्रकट गरेका थिए ।

सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए । तर, उनले त्यो अवसर कहिल्यै पाएनन् ।

राष्ट्रपति बन्ने अवसर नपाएपनि उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बनेका थिए ।

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।

उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);