खेल जगतका सर्वकालीन महानायक पेले (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खेल जगतका सर्वकालीन महानायक पेले (भिडियो रिपोर्ट)

काठमाडौं । खेल जगतले सर्वकालीन महानायक ब्राजिका पेलेलाई गुमाएको छ । विश्व फटबलका सर्वोत्कृष्ट पेलेले खेलाडीले खेल्ने मात्र नभई अनुशासनको पालना गर्नुका साथ धैर्यता राख्नुपर्ने उदाहरण दिएर गए ।

आफ्नो कर्मलाई धर्म मान्ने र कार्य क्षेत्रलाईनै टेवा पुग्ने सेवा गर्ने व्यक्ति सो क्षत्रमा अब्बल मानिन्छन् । अझ कोहि विशिष्ठ त्यसबेला बन्छ जतिबेला आफ्नो कामबाट मात्रै होईन नियत र समाज सेविका कारण नाम कमाउन सफल बन्छ । उसको अस्तित्वले अन्यको जीवनलाई जीवन र सार्थक बनाउछ । यस्ता व्यक्तिले मृत्युवरण गर्दा एउटा नमिठो खालको सन्नाटा छाउँछ । हो त्यस्तै हस्ती ८२ वर्षीय पेलेको निधनले समग्र फुटबल क्षत्र मात्र नभई उनका विश्वभरका समर्थक र सुभचिन्तकहरु स्तब्ध बनेका छन् । २३ अक्टोबर १९४० मा जन्मिएका एड्सन आरान्तेस दो नासिमेन्तो जसलाई विश्वले पेले उपनाम र फुटबलको बादशाह भनेर चिन्छ उनि अब भौतिक रुपमा सम्झनामा मात्रै रहनेछन् ।

ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा जन्मिएका उनको खेल क्षेत्रमा हासिल उपलब्धी र योगदानका कारण ब्राजिलले उनलाई राष्ट्रिय नायक र राष्ट्रिय सम्पतिका रूपमा लिएको छ । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि दिलाए । उनी मात्रै यस्ता खेलाडी हुन् जसले तीन पटक विश्वकप फुटबलको उपाधि चुमेका छन् । विश्वकपका चार खेलमा पेलेले १२ गोल गरेका छन् । सन् १९५६ देखि सान्तोस क्लबबाट व्यवसायिक फुटबल खेलेका पेलेले यो क्लबबाट मात्रै ६४३ गोल गरे । १८ वर्षपछि १९७५ मा न्यु योर्क कोसमोसमा अनुबन्धित भएका उनले उक्त क्लबबाट तीन वर्ष खेल्दा ६६ गोल गरे ।

अमेरिकाको पहिलो व्यवासायिक फुटबल लीगपश्चात् सन् १९७७मा खेल जीवनबाट संन्यास लिएका उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन् । खेलबाट मात्र होईन उनको सामाजिक कार्य र गरिब जनता प्रतिको लगाब, प्रेमका कारणपनि संसारमाझ पुजिन्छन् । गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन् । जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);