३९ वर्षपछि लेस्टर सिटी एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

३९ वर्षपछि लेस्टर सिटी एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश

एजेन्सी, ९ चैत। म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै लेस्टर सिटी एफए कप फुटबलको सेमीफाइनलमा पुगेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा केलिची इहिनाचोले २४ र ७८ औँ मिनेटमा गरि दुई गोल गरे ।

यस्तै यूरी टिलेमान्सले ५२ औँ मिनेटमा गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि ३८ औँ मिनेटमा म्यासन ग्रिनवूडले एक गोल फर्काए ।

लेस्टर सिटी ३९ वर्षपछि पहिलोपटक एफए कपको सेमीफाइनलमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);