एथ्लेटिक्सका स्वर्ण जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एथ्लेटिक्सका स्वर्ण जोडी

kheladi jodi

दाङ, १० बैशाख । एथ्लेटिक्सका पार्की दाजुभाइ गोपीचन्द्र र शिवराजका लागि जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स निकै विशेष रह्यो। यी दाजुभाइसँगै एथ्लेटिक्सकै अर्का खेलाडीद्वय नीरप्रताप महतो र शीला चौधरी पनि आइतबार निकै हर्षित देखिएका थिए।

एपिएफका खेलाडीद्वय नीरप्रताप र शीला भने श्रीमान-श्रीमती हुन् । यता पार्की दाजुभाइ पनि एपिएफकै खेलाडी हुन्। यी दुई जोडीले जारी एथ्लेटिक्समा एपिएफलाई स्वर्णको कमी हुनबाट जोगाएका थिए। नेपाली खेलकुदका लागि गोपीचन्द्र परिचित नाम भए पनि बाँकी तीन खेलाडी भने केही कम चर्चित हुन्।

गोपीचन्द्रले भने राष्ट्रिय टिमबाट कयौं अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती प्रस्तुत गरिसकेका छन्। यद्यपि, नीरप्रताप, शीला र शिवराजले पनि एथ्लेटिक्समा लामो समय बिताइसकेका छन्। नीरप्रतापले छैटौं राष्ट्रिय खेलकुदमा विकास क्षेत्रबाट कांस्य जितेका थिए। यता, शीलाले पनि छैटौं राष्ट्रिय खेलकुदबाटै सहभागिता जनाउँदै आएका थिइन्।

नेपालकै पूर्वखेलाडीले केशरी चौधरीको अगाडि शीला भने रजत पदकमै सीमित हुने गर्थिन्। गत राखेप च्याम्पियनसिपपछि भने शीलाले फिल्डतर्पm स्वर्ण पदक आफ्नो बनाउन थालिन्। शीलासँगै नीरप्रतापले पनि स्वर्ण पदकका लागि राखेप च्याम्पियनसिपदेखि नै दबाब बनाउन थालेका हुन्।

नवलपरासीका नीरप्रतापले वि.सं. २०६९ सालदेखि एपिएफ क्लबबाट खेलको सुरुआत गर्दा एक वर्षपछि नै बाँकेकी शीला पनि एपिएफकै खेलाडी बनिन्। खेल्दाखेल्दै यो जोडीले वि.सं. २०७२ सालमा प्रेमलाई विवाहमा परिणत ग¥यो। नीरको क्षेत्र ट्य्राक हो भने फिल्डमा शीला सफल छिन्।

विधा फरक भए पनि यो जोडीको सुरुआत भलिबलबाट भएको थियो। यद्यपि, पछि दुवैले एथ्लेटिक्सलाई करियरको रूपमा अगाडि बढाएका थिए।  हाल उनीहरू सफलताको पाइला टेक्दै छन्। यता, पार्की परिवारका दुई सन्तान  गोपीचन्द्र र शिवराज पनि एथ्लेटिक्समा सफलताको शिखर चुम्दै छन्। पार्की परिवारका ५ छोरामध्ये यी  अन्तिमका दुई हुन्।

गोपीचन्द्र वि.सं. २०६४ सालदेखि राष्ट्रपति रनिङ सिल्डबाटै एथ्लेटिक्स खेल्न थालेका थिए। त्यसको दुई वर्षपछि नै सशस्त्रमा जवानका रूपमा गोपीचन्द्र भर्ना भए। सशस्त्रको जवान हुँदा त्यहीँबाट गोपीचन्द्रले एथ्लेटिक्स खेल्न थालेका थिए। यद्यपि, एक वर्षपछि मात्र उनले एपिएफबाट खेल्ने अवसर पाए।

सुरुआत असफल भए पनि पछि गोपिचन्द्रले लामो दूरीको दौडमा स्वर्ण जित्न थाले। विं.सं.२०७० देखि गोपीचन्द्रले स्वर्ण जित्न थालेका थिए। गत सातौं राष्ट्रिय खेलकुदमा पनि गोपीचन्द्रले १० हजार मिटरमा स्वर्ण जिते। उनकै प्रेरणाबाट एथ्लेटिक्स खेल्न थालेका शिवराजले पनि वि.सं.२०७२ सालदेखि एपिएफबाट खेल्न थाले।

गोपीचन्द्रका भाइ शिवराज भने छोटो दूरीका धावक हुन्। शिवराजले गत सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेका थिए। तर, आठौंमा भने उनले पहिलो पटक स्वर्ण जित्न सफल भए। ४ सय मिटरमा एक सेकेन्डले मात्र स्वर्णबाट चुकेका शिवराजले चार गुणा चार सय मिटरमा भने एपिएफलाई स्वर्ण दिलाए।

यता, गोपीचन्द्र भने १० हजार मिटरमा कर्णाली कांस्यमा सीमित भएका थिए। तर, ५ हजार मिटरमा भने १० हजार मिटरका स्वर्ण विजेता दुर्गा बुढालाई पछि पार्दै स्वर्ण जित्न सफल भए। शीला र नीरप्रतापको जोडीले पनि एपिएफलाई कुल चार स्वर्ण दिलायो। नीरप्रतापले पुरुष चार सय मिटरमा स्वर्ण जित्दा ४ गुणा चार सय मिटर रिलेमा पनि आफ्नो टोलीलाई स्वर्ण दिलाए।

उनकी पत्नी शीलाले भने हाइजम्प र ट्रिपल जम्प गरी दुई स्वर्ण चुमिन्। एपिएफका जागिरे दुवैको क्बलका लागि स्वर्ण जित्दा खुसीको सीमा थिएन। दुई फरक विधामा प्रतिस्पर्धा गरेपछि उनीहरूले आफूलाई अब्बल साबित गरे।  खेलकर्मबाटै विवाहबन्धनमा बाँधिएको यो जोडीले खेल करियरलाई थप उचाइ दिन केही समय सन्तान नजन्माउने  निधो गरेको छ।

यता, पार्की दाजुमध्ये एथलेटिक्समा अगाडि आएका गोपीचन्द्रलाई भाइ शिवराजले विवाहमा पछि पारेका छन्। शिवराजले दुई वर्षअगाडि विवाह गरेका छन् भने दाजु गोपीचन्द्र अविवाहित हुन्। भाइको तुलनामा फरक विचार राख्ने गोपीचन्द्र करियरकै लागि केही समय विवाह नगर्ने सोचमा छन्।

नीरप्रतापले पुरुष चार सय मिटरमा स्वर्ण जित्दा ४ गुणा चार सय मिटर रिलेमा पनि आफ्नो टोलीलाई स्वर्ण दिलाए। उनकी पत्नी शीलाले भने हाइजम्प र ट्रिपल जम्प गरी दुई स्वर्ण चुमिन्। यो समाचार नागरिक दैनिक पत्रिकामा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);