विश्वकप क्रिकेट: भारत र न्युजिल्याण्डबीचको खेल स्थगित, आज ३ बजेदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप क्रिकेट: भारत र न्युजिल्याण्डबीचको खेल स्थगित, आज ३ बजेदेखि सुरु

India vs Newzealand

एजेन्सी, २५ असार । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबीचको मंगलबारको पहिलो सेमिफाइनल खेल पानीको कारण स्थगित भएको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्रफोट मैदानमा टस जितेको न्युजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो । जतिबेला उसले ५ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । त्यसयता पानी पर्न नरोकिएपछि खेल सुरु हुन सकेन । बाँकी खेल आज दिउसो नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । पानीका कारण यसअघि पनि लिग चरणका ५ खेल रद्ध गरिएको थियो । लिग चरणमा भारत र न्युजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएपछि अंक बाँडिएको थियो । म्यान्चेस्टरमा बुधबार पनि वर्षाको सम्भावना छ । हिंजोको खेल आज पनि नभएमा समूह चरणको रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);