विश्वकप क्रिकेट : भारत र न्युजिल्याण्डबीचको खेल राेचक माेडमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकप क्रिकेट : भारत र न्युजिल्याण्डबीचको खेल राेचक माेडमा

rohit sharma

न्यूजील्याण्डद्वारा भारतसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २५ असार । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत स्थगित भएको पहिलो सेमिफाइनल खेल जारी छ ।

म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहँदा खेल स्थगित भएको थियो । वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार पुनः खेलाइएको हो । जारी खेलमा न्यूजील्याण्डले भारतसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहीले भारतले जवाफी ब्याटिङ गरिरहेको छ । भारतले २७ ओभरको खेल खेल्दासम्म ५ विकेटको क्षतिमा ८१ रन बनाएको छ । भारतिय चर्चित खेलाडी रोहित शर्मा, विराट कोहली र केएल राउलले मात्र १/१ रन बनाएर आउट भएका छन् । यसैगरी रिसव पन्तले ३२ रन बनाएर आउट भए भने दिनेश कार्तिकले ६ रन बनाएर आउट भएका छन् ।

न्युजल्याण्डको तर्फबाट बलिंगमा म्याट हेनरीले उत्कृष्ट बलिंग गर्दै ३ विकेट लिए । यसैगरी ट्रेन्ट बोल्ट र मिचेल सेन्टनरले समान १/१ विकेट लिएका छन् ।

मंगलवार न्युजिल्याण्डले ४६ ओभर १बलमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आज उसले २८ रन जोडेको छ । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);