स्कटल्याण्डविरुद्ध दिपेन्द्रको अर्धसतक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्कटल्याण्डविरुद्ध दिपेन्द्रको अर्धसतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले पछ्याइरहेको हो ।

दिपेन्द्रले ७० बलमा अविजित रहँदै ५० रन बनाएका हुन् । जारी खेलमा ३१औं ओभरको खेल चलिरहँदा नेपालले १८९ रन बनाएको छ ।

कुशल मल्लले ६७ बलमा ८१ रन बनाए । कुशल भुर्तेल ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भए । साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भएका छन् । आसिफ सेखले ९ तथा रोहित कुमार पौडेलले ६ तथा सन्दीप जोराले ६ रन बनाएर आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);