स्कटल्याण्डविरुद्ध संघर्ष गर्दै नेपाल, रोहितको अर्धसतक पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्कटल्याण्डविरुद्ध संघर्ष गर्दै नेपाल, रोहितको अर्धसतक पुरा

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ मा स्कटल्याण्डविरुद्ध कप्तान रोहित कुमार पौडेलले अर्धसतक पुरा गरेका छन् । यो समाचार तयार पार्दासम्म उनले ५८ बलमा ५३ रन बनाएका छन् ।

किर्तिपुर स्थित त्रिवि मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डले दिएको लक्ष्य पुरा गर्न नेपालले संघर्ष गरिरहेको छ ।

३०औं ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर १ सय ३० रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);